सुर्खेत ः कर्णाली प्रदेशमा सत्ताको सकस अँझै कायमै रहेको छ । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिना पुरा हुँदै गर्दा मुख्यमन्त्री राजकुमार शर्माले तीन पटक विश्वासको मत लिनुपर्ने अवस्था देखिएको छ ।
मुख्यमन्त्री शर्माले विश्वासको मतका लागि आइतवार निवेदन दर्ता गराएका छन् । आगामी १५ गते शुक्रबार संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव राज बुढाथोकीले जानकारी दिएका छन् ।
चैत २७ गते नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिनु परेको छ ।
शर्मा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।











